तेह्रथुममा ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

शुक्रबार, १६ चैत्र २०८०
तेह्रथुम / तेह्रथुममा ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने नरेश लिम्बु रहेका छन् । लिम्बुलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार