‘चिसापानी अस्पतालमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरूबाट थुप्रै अवरोधहरू भए पनि माननीय विनोद चौधरी तथा वहाँको सचिवालयबाट निरन्तर प्रयासको फलस्वरूप यो स्वीकृतिको सफलता प्राप्त भएको छ,’ स्थानीयले भने, ‘माननीयज्यूले चुनावको समयमा जनतासँग गर्नुभएको वाचा मध्येको यो ट्रमा अस्पताल निर्माण पनि एक हो । वहाँले यसलाई गौरव आयोजनाको रूपमा राख्नुभएको छ ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद चौधरीले नवलपरासीको विकासका लागि आफूलाई केन्द्रित गर्दै आएका छन् । उनले निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयनका लागि व्यवस्थित विकासको अवधारणा अनुसार काम गर्दै आएका छन् ।
ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको नवलपारसी-बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीहरूले सहज उपचार पाउने छन् ।
सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा अगाडि बढाउनेमा जोड दिँदै आएका छन् । चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रूपमा काम भइरहेको छ ।
फाउन्डेसनकै सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निःशुल्क प्राप्त गर्नेछन् ।
प्रतिक्रिया