काठमाडौं । सर्लाहीमा एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षिया पार्वतीदेवी महतोको हत्या भएको हो ।
महतोको दाउराको चिर्पट प्रहारबाट हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।
हिजो साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आज बिहान एक युवालाई नियन्त्रणमा लिएको छ ।
‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट २८ वर्षिय युवालाई पक्राउ गरी सोधपुछ थालिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको कारण खुलेको छैन ।
प्रतिक्रिया