झापाबाट ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ

शुक्रबार, २३ चैत्र २०८०
झापा  / सशस्त्र प्रहरीले झापाको झापा गाँउपालिका सितुमारीबाट ४८.५५ ग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारत, किसनगंज जिल्ला, धन्तोला ग्रामपञ्चायत बालुवाडि बस्ने वर्ष २३ का राहुल मण्डल सवार भारतबाट नेपाल तर्फ आउदै गरेको बजाज कम्पनीको प्लाटिना BR37N5811 नं. को भारतीय मोटरसाईकललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट परिचालन भएको गस्ती टोलिले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त परिमाणको लागुऔषध ब्राउन सुगर बरामद भएको हो। निज मण्डलको साथबाट सशस्त्र प्रहरीले भारतीय रूपैँया दुई हजार एक सय तथा  एक थान मोबाईल समेत बरामद गरेको छ। बरामद लागुऔषध, भारतीय मुद्रा तथा मोबाईल सहित निजलाई आवश्यक कारबाहिको लागी ईलाका प्रहरी कार्यालय कुमरखोद झापामा बुझाईएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार