सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने सहमति, आजै दाबी पेस गर्ने

आइतबार, ०२ बैशाख २०८१
काठमाडौँ / सुदुरपश्चिमको पहिलो मुख्यमन्त्री नाउपाले पाउने निश्चित भएको छ । आइतबार सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाबीच बालुवाटारमा छलफलपछि उक्त सहमति भएको हो। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘सुदूरपश्चिमम सरकारको पहिलो नेतृत्व नाउपाले गर्ने सहमति जुटेको छ।’ त्यसपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने समझदारी जुटेको छ। योसँगै कैलाश चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनले आजै दाबी पेस गर्नेछन्। यसअघि नाउपाकी अध्यक्ष रञ्जिताले घनश्याम चौधरीलाई हटाएर प्रदेश संसदीय दलको नेतामा कैलाश चौधरीलाई नियुक्त गरेकी थिइन्। कैलाश रञ्जितानिकट सांसद हुन। उनी कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार हुँदा राज्यमन्त्री थिए। सत्ता गठबन्धन फेरबदल भएपछि उनलाई बर्खास्त गर्दै नाउपाका अन्य सांसदलाई मन्त्रालयमा तानिएको थियो। कैलाशको ठाउँमा राज्यमन्त्रीका रुपमा सांसद इन्द्रिरा गिरीलाई ल्याइएको थियो। गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच उत्पन्न विवादबीच गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्। नाउपा संसदीय दलमा कैलाशभन्दा सिनियर नेता पनि छन्। रेशम कांग्रेससँग सहकार्य गर्ने पक्षमा थिए भने रञ्जिता नयाँ सत्ता गठबन्धनमा सामेल हुने पक्षमा थिइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार