नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी

शुक्रबार, २१ बैशाख २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए । महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउँने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन । ‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन । अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस’ अध्यक्ष तुम्खेवाले भनिन् । शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार