मोरङको बुढिगङ्गामा बस र मोटरसाइकल दुर्घटना हुँदा १८ जना घाइते (नामावली सहित)

मंगलबार, २५ बैशाख २०८१
इटहरी । मोरङको बुढिगङ्गा गाउँपालिकामा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मङ्गलवार बुढिगङ्गा गाउँपालिका ३ बाँसबारी स्थित अन्तर्गतको कोशी राजमार्गमा सिराहाबाट विराटनगर तर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिदा १८ जना घाइते भएका हुन् । मङ्गलवार बिहान ११.२० बजे सिराहाबाट विराटनगर तर्फ जाँदै गरेको बा ४ ख ७४५० नं को यात्रु बाहक बसले को १८ प ५२९ नं को मोटरसाइकललाई ठक्कर दिएर रोडको साइडमा पल्टिएर दुर्घटना भएको प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक र बसमा सवार यात्रुहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र मोटरसाइकल प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ । प्रहरीले उपलब्ध गराएकाे बसमा सवार यात्रु र माेटरसाईकल चालककाे विवरण नामावली र अवस्था । १,जिल्ला सिराहा बस्ने बर्ष ३७ कि निलम सिंह टाउको,दाया हात अवस्था मध्ययम २,जिल्ला सिराहा कल्याणपुर न.पा.१ बस्ने बर्ष ६४ कि परमेश्वरी कापेटको टाउको बाया हातमा चोट मध्ययम ३,जिल्ला सिराहा कल्याणपुर गा.पा.४ बस्ने बर्ष बर्ष १९ को नन्द किशोर यादबको बाया हातमा चोट सामान्य ४,जिल्ला सिराह लहान न.पा.१३ बस्ने बर्ष ५२ कि रुकम देबी पाश्वान बाय कम्मरमा चोट अवस्था सामान्य ५,जिल्ला सुनसरी देवानगंज बस्ने बर्ष ४६ को सलाउदेन खान दाया हात कम्मरमा चोट सामान्य ( मोसा चालक रहेको भन्ने बुझिन आएको । ६,जिल्ला सिराहा कल्याणपुर ११ बस्ने बर्ष ३५ कि सुनिता यादब दुबै हात र टाउकोमा चोट अवस्था मध्ययम ७,जिल्ला  धनुषाहंसपुर न.पा. बस्ने संकर मण्डलको छोरा बर्ष ५ क० आरुष मण्डल दुबै हातमा चोट बोल्न सक्ने ८, जिल्ला सिराहा कल्याणपुर न.पा.११ बस्ने  बर्ष ७० कि रामपपरी टाकुरको टाउको र कम्मरमा चोटबोल्न सक्ने ९,जिल्ला सिराहा कल्याणपुर बस्ने बर्ष ४२ को सुको कुमार साह दुबै हात घुडा र टाउकोमा चोट बोल्न सक्ने १०,जिल्ला सिराहा कल्याणपुर ११ बस्ने प्रमोद यादबको छोरीबर्ष ४ कि कृतिका यादब दुबै घुडामा चोट सामान्य ११,जिल्ला सिराहा कल्याणपुर बस्ने बर्ष १८ कि मनिषा कुमारी यादबको दुबै हातमा चोट सामान्य १२जिल्ला सिराहा बरियार पट्टि गा.पा.२ बस्ने बर्ष २९ को ओम प्रकाश दासको टाउको दाया हातमा चोट सामान्य १३,जिल्ला सिराहा नडाहा गा.पा.२ बस्ने बर्ष १८ कि एलिसा सिंहको टाउकोमा दुबै हात र कुम्भमा चोट बोल्न सक्ने १४,जिल्ला  सिराहा कल्याणपुर न.पा.११ बस्ने बर्ष ६८ को मो.सहिद मियाबाया हातमा र खुटामा चोट सामान्य १५,जि. सिराहाओरी गा.पा. १ बस्ने बर्ष १६ को प्रबिण सिंहकोदाया हातमा चोट सामान्य १६,जिल्ला सिराहा कल्याणपुर न.पा.११ बस्ने बर्ष १८ को बिबेक यादबको बाया हातमा चोट सामान्य १७,जिल्ला सिराहा कल्याणपुर १ बस्ने बर्ष ६४ को मखन कामतीको दुबै हात र खट्टामा चोट सामान्य १८, जिल्ला सप्तरी बोदेबरसाइन न.पा.१ बस्ने बर्ष ५४ को श्रबण कुमार चौधरी दुबै हातमा चोट सामान्य

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार