इटहरीको खेती खोलाको अवैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी

मंगलबार, २५ बैशाख २०८१
इटहरी :  इटहरी उप महानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्राचार गरेको हो । खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रूपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्राचार गरेका हुन । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाई छ । इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर  पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्वयं हटाउन सूचना जारी गरेका हुन । एक महिना अगाडी नै इटहरी उपमहानगरपालिकाले खोला/पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । खेती खोलामा दर्जनौँ घर टहरा भत्काउँदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउँदै आएका छन् । इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार