बझाङमा चट्याङ लागेर चार जना घाइते

मंगलबार, २५ बैशाख २०८१
बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मङ्गलवार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र ददा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लाँदै गरेको स्थानीय फिट्टु खड्काले बताउनुभयो । चट्याङले घाइते भएको खबर सुन्नासाथ खप्तडछान्ना गाउँपालिकाको अस्थायी प्रहरी पोस्ट पाटा देवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार