आमालाई दिने उपहारको द्विविधामा हुनुहुन्छ ? 'बोरा" छ नि

बुधबार, २६ बैशाख २०८१
इटहरी  : नेपाली साहित्य भण्डारमा एउटा यस्तो पुस्तक भेटिएको छ, जसको गाताले नै हरेकलाई झसक्क पार्छ। एउटा कुलङ्गार छोरो जसले आफ्नै आमालाई बोरामा हालेर खोलाको डिलमा फालेको दर्दनाक कथा पस्किएको यो पुस्तक अहिले बजारमा चर्चामा छ। विश्वव्यापी रुपमा यसको तीव्र माग भइरहेको पाइएको छ । चर्चित उपन्यास "मलाया एक्सप्रेस" का लेखक अखण्ड भण्डारीले एक दशकपछि दोस्रो उपन्यास लेखेका हुन् "बोरा" । यो त्यही बोरा हो, जसमा एउटी आमा भेटिइन्। पहिला पहिला हामीले डोकोको कथा सुनेका थियौँ। पढेका थियौँ। त्यही डोकोको विस्तारित र उत्कर्ष रूप हो "बोरा" । "बोरा" ले नेपाली समाजमा व्याप्त पाश्चात्य नक्कल र त्यसबाट पीडित जेष्ठ नागरिकहरू अर्थात् आमाबुवाहरूको समस्याको कथा बोकेको छ। जसले आफ्नै आमालाई माया गर्नुहुन्छ यो किताब पढ्नुस्। जसले आफ्नी आमालाई दुर्व्यवहार गर्नुहुन्छ चेतना जागृत हुनुस्। त्यसका लागि पनि यो किताब पढ्नुहोस्। आज माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन हामी तमाम छोराछोरी नातिनातिनालाई आमाका लागि उपहार दिन यो किताब सिफारिस गर्न चाहन्छौं। यस वर्षका लागि सम्भवत यो नै उत्कृष्ट उपहार हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार