माया घरमा वर्ल्ड लिङ्कको सहयोग

बुधबार, २६ बैशाख २०८१
इटहरी  : असाहयहरुको सहारा माया घर नेपाल इटहरीमा वर्ल्ड लिङ्क कोशी प्रदेश क्षेत्रीय कार्यालयले खाना प्रदान गरेको छ । मातातिर्थ औशीको अवसरमा माया घर नेपालमा रहेका १४६ जनालाई क्षेत्रीय कार्यालय इटहरीले १ दिनको खाना प्रदान गरेको हो । बुधवार एक कार्यक्रमका बिच कोशी प्रदेश प्रमुख आनन्द कुमार झाले माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई चेक प्रदान गरेका छन् । १४६ जनालाई पुग्ने खाना बराबरको १२ हजार रुपैयाँको चेक प्रदान गरिएको वर्ल्ड लिङ्क इटहरीका शाखा प्रमुख कैलाश पोखरेलले जानकारी दिए । सो अवसरमा माया घर नेपाल इटहरीमा १ वर्ष सम्म निःशुल्क वर्ल्ड लिङ्कको इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरिएको समेत शाखा प्रमुख पोख्रेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार