इटहरीमा सहकारी ठगी धन्दा : खनार बचत तथा ऋण सहकारीका अध्यक्ष सहित ४ सञ्चालक पक्राउ

बुधबार, २६ बैशाख २०८१
इटहरी : बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गरी फरार भएका सुनसरीको इटहरी स्थित खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ४ जना सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरी फरार भएका संस्थाका अध्यक्ष इटहरी ४ निवासी सुदिप तामाङ,उपाध्यक्ष सरोज सिवाकोटी ,इटहरी १३ बस्ने संस्थाका सदस्य गोविन्दकुमार श्रेष्ठ र सप्तरी घर भएका सस्थाका व्यवस्थापक धर्मेन्द्र दासलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उनीहरूले संस्थामा जम्मा गरेको १ करोड पचास लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेर फरार भएका थिए । इटहरी ९ मा कार्यालय रहेको सहकारी संस्थाका अध्यक्ष सहित सञ्चालकहरूबाट आफूहरू ठगिएको भन्दै बचतकर्ताहरूले इटहरी उपमहानगरपालिकाको सहकारी शाखामा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले सहकारी ठगी अन्तरगत सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । पछिल्लो समय इटहरीमा एक पछि अर्को गर्दै सहकारी ठगीका घटनाहरू बाहिरिइरहेका छन् । इटहरीमा रहेको हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड,अम्बे कोशी बचत तथा ऋण सहकारी,कामख्य सहकारी जस्ता आधा दर्जन बढी सहकारी सस्थाहरु डुब्दा हजारौँ सर्वसाधारणको १ अरब बढी रकम जोखिममा परिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार