शपथ लगत्तै काेशीका मुख्यमन्त्रीले नियुक्त गरे दुई मन्त्री

विहीबार, २७ बैशाख २०८१
इटहरी : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शपथलगत्तै उनले एमाले र माओवादीबाट एक-एक मन्त्री नियुक्त गरेका छन् । एमालेबाट राम रानामगर र नेकपा (माओवादी केन्द्र)बाट गणेश उप्रेती विनाविभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै बिहीबार साँझ नै उनीहरूलाई मन्त्रीको शपथ गराइएको छ । मन्त्रालय भागबण्डामा कुरा नमिले उनीहरूलाई विनाविभागीय मन्त्री बनाइएकाे हाे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार