इलाम : सूर्योदय नगरपालिकाले लम्पी स्किनपीडित किसानलाई एक करोड राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किन र खोरेत रोगबाट पशुक्षति भएका किसानलाई राहत वितरण गरेको हो ।
रोगबाट पशु मरेका चार सय ९३ किसान परिवारलाई राहत वितरण गरिएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।
उनका अनुसार रोगबाट तीन सय ६३ वटा माउ गाइ मरेका थिए । माउ गाई मर्ने किसानका परिवारलाई नगद बीस हजार प्रदान गरिएको छ । त्यस्तै एक सय ५१ वटा कोरली गाई मरेका थिए ।
कोरली गाई मरेका किसानलाई प्रति परिवार दश हजार वितरण गरिएको छ । गोरु मरेका किसानका परिवारलाई नगद पाँच हजारका दरले राहत वितरण गरिएको प्रवक्ता भुजेलको भनाई छ ।
पुन: सो रोग नलागोस भनेर हाल खोप अभियान सञ्चालन गरिरहेको बताइएको छ । जिल्लाका अन्य पालिकामा यस्तो कार्यक्रम सञ्चान भएको छैन ।
प्रतिक्रिया