फुजिसन सगरमाथा स्कुलमा नवदृष्टि अस्पतालको आँखा शिविर

विहीबार, ०३ जेठ २०८१
इटहरी । सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले इटहरीको फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । अस्पतालले इटहरी १९ मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो । स्कुल अध्ययन गर्दै गरेका विद्यार्थीहरूको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमले बताए । आँखा शिविरमा ३ सय एक जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा दृष्टि दोष , मांसपेशीको समस्या एलर्जी देखिएका ५४ जना बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो । पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् । आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर,धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दे आएको जनाएको छ । परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुरदष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै बिद्यार्थीहरुमा देखिएका यस्ता रोगहरूले भविष्यमा जटिल समस्या समेत निम्त्याउन सक्ने भएकाले वेलैमा सचेत भएर उपचार गराउनुपर्ने नेत्र विशेषज्ञ राकेश थापाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार