इलाम / इलामको देउमाई नगरपालिका पूर्णखोप पालिका घोषणा भएको छ । जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राई र नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय इलामका लक्ष्मण ढकाल, नगर उप प्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहाल, शिक्षा शाखा प्रमुख एवम् नौ वटै वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु भट्टराईले बताए ।
उनका अनुसार स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको सर्वेक्षण गरी उमेर अनुसारको खोप लगाउने भन्दै पूर्ण खोप पालिका घोषणा गरिएको जनाइएको छ ।
स्वास्थ्य शाखा प्रमुख छछ्टराईका अनुसार नगरभित्रका १६ महिना देखी पाँच वर्षसम्मका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएको भन्दै पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको बताए ।
नगर प्रमुख पोख्रेलले नगरपालिकाले सुरु देखि नै स्वास्थ्य क्षेत्रमा सचेत रहँदै सोही अनुसारका कार्यक्रम ल्याइएको बताए ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति राईले मानिसको ठुलो सम्पत्ति भनेकै स्वास्थ्य रहेकाले सचेत रहनु पर्नेमा जोड दिए ।
उनले बालबालिकाहरूलाई पूर्ण खोपमा समावेश गराए मात्र निरोगी र दरो बन्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुरदाहालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले आवश्यक लगानी गरेको भन्दै सबै नागरिकलाई आगामी दिनहरूमा समेत बालबालिकाहरूलाई खोप कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका लक्ष्मण ढकाल तथा जनप्रतिनिधि एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया