कर्मचारी राजनीतिक गतिविधिमा लागे कारबाही -मन्त्री मोदी

सोमबार, ०८ फागुन २०७९
इटहरी ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीले राजनितीक खोल ओड्न नहुने बताएका छन् । मन्त्री मोदीले कर्मचारीहरू राजनीतिक गतिविधिमा सक्रिय भएको पाइए कारबाही गरिने चेतावनी समेत दिएका छन् । सुमसरीको  तरहरामा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । अधिकृतस्तरका कर्मचारीसम्मलाई राजनीतिक गतिविधिमा संलग्न हुने कानुनी अधिकार भए पनि उपसचिवभन्दा माथि दर्जाका कर्मचारी समेत राजनीतिक गतिविधिमा देखिएको गुनासो आएको मन्त्री मोदीले उल्लेख गरे । मन्त्री मोदीले अधिकृतस्तरका कर्मचारीहरूले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीतिक गतिविधि रोज्न निर्देशन दिए । छलफलमा विभिन्न कार्यालयका प्रमुखहरूले सुझावसहित कार्यलयका विविध समस्याहरु पेस गरेका थिए । छलफलको क्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा १०७ वटा सरकारी कार्यालय रहेको जानकारी दिइन् । प्रजिअ पाण्डेका अनुसार जिल्लाभर ४ हजारभन्दा बढी निजामती कर्मचारी कार्यरत छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार