धरानमा ग्यास सिलिण्डर बिष्फोट, ८ जना घाइते

सोमबार, ०८ फागुन २०७९
धरान । धरानमा ग्यास लिलिण्डर बिष्फोट हुँदा ८ जना घाइते भएका छन् । ग्यास सिलिण्डर लिक भएको आशंका भएपछि सिलिण्डर मर्मत गर्ने मानिस बोलाएर बनाउने क्रममा बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिष्फोटमा परी घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उ पमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन् । त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का सामान्य घाइते भएका छन् । यस अघि प्रहरीले दिएको प्रारम्भिक सूचनामा डिपो स्कुलको क्वाटरमा ग्यास बिष्फोट भएको भनिएकोमा अहिले स्कुलमा बिष्फोट नभएको भनी सम्पादन गरिएको छ । –सम्पादक

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार