सिक्किम आइपुग्यो यो  वर्षको मनसुन

शनिबार, १९ जेठ २०८१
काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ । पर्यो पानी, उपत्यका वासीलाई राहत आज बिहानै देखि घाम चर्किएर हपहप गर्मी खेपीरहेका उपत्यकावासीलाई केहीबेर अघि परेको एकझर पानीले ठूलो राहत मिलेको छ । उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा भएको विभागको भनाई छ ।        

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार