आगलागीबाट फालेलुङमा एउटा घर जलेर खरानी

मंगलबार, ०९ फागुन २०७९
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका ५ फेङलीटार स्थित बिरमति तामाङको घरमा गएराती आगलागी भएको छ । आगलागीबाट तामाङको घर जलेर खरानी भएको वडाध्यक्ष भरत खपाङ्गिले जानकारी दिए ।
गएराती ७ः३० बजे घरमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा घर जलेर खरानी भएको स्थानीयको भनाई छ । आगलागीबाट घरमा भएका सबै भौतिक सामग्रीहरु जलेर खरानी भएका छन् । आगलागीबाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार