विपद् व्यवस्थापन सम्बन्धी सुरक्षा निकायहरूको अभ्यास

शुक्रबार, २५ जेठ २०८१
इलाम / वर्षा याममा बाढी पहिरो जस्ता प्रकोपमा खोज उद्धार कार्यको पूर्व तयारी स्वरूप इलाममा विपद् व्यवस्थापन सम्बन्धी सिमुलेसन अभ्यास गरिएको छ । नेपाली सेनाको इलाम स्थित रणशार्दुल गणले जिल्ला प्रशासन कार्यालयको संयोजनमा उक्त अभ्यास प्रदर्शनी आयोजना गरेको हो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी इलामका स्वयंसेवक हर पनि सहभागी भएका थिए । इलामको माई खोलास्थित टप्पुमा पहिरोमा परेका समुदायको उद्धार र खोलामा बाढी आएपछि बाढीले बगाएका मानिसहरूको उद्धार कार्यको प्रदर्शनी गरिएको थियो । यसै गरी खोज तथा उद्धार कार्यमा प्रयोग गरिने स्थानीय सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । सीमुलेसन अभ्यास कार्यक्रममा विद्यार्थी समेतको सहभागिता रहेको थियो । कार्यक्रममा गणपति प्रह्लाद घलेले विपद् जोखिम कम गर्न अवलम्बन गरिने उपायहरूको खोजी गर्न जरुरी भएको बताए । नेपाली सेनाले जिल्लाका विभिन्न विद्यालय तथा समुदायमा यस किसिमका अभ्यास गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार