काठमाडौँ : जेनजी पुस्ताले सुरु गरेको आन्दोलन आज बिहानदेखि झनै चर्को बनेको छ । सोमबार भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आन्दोलन अझै उग्र बनेको हो ।
आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरलाई लक्षित गर्दै ढुंगामुढा र आगजनी गर्न थालेका छन् । यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको कमलपोखरीस्थित घरमा पनि प्रदर्शनकारीहरूले आज बिहानदेखि ढुंगामुढा गरिरहेका छन् ।
थापाको घर अगाडि प्रदर्शनकारीहरूको ठूलो भीड भेला भएर नारा जुलुससहित आक्रोश प्रकट गरिरहेका छन् । अहिले पनि घरतर्फ ढुंगामुढा भइरहेको बताइएको छ ।
प्रतिक्रिया