७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै गगन विश्वप्रकाशले जारी गरे विज्ञप्ती

मंगलबार, २४ भदौ २०८२
File Photo

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै कांग्रेसका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।

महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले तुरुन्तै सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर नयाँ राजनीतिक सहमति गर्नुपर्ने माग समेत गरेका छन् ।

थापा र शर्माले जेनजी पुस्ताले उठाएका माग जायज भएको भन्दै सम्बोधन गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता जनाएका छन् । साथै आन्दोलनलाई संयमित बनाउन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा अहिलेको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलसँग खुला छलफल र सहमति आवश्यक रहेको निष्कर्ष पनि प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार