काठमाडौँ : जेनजी आन्दोलन चर्कँदै जाँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी भएको छ । आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार राजधानीको रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन् ।
प्रारम्भमा आन्दोलनकारीहरूले घरमा पार्क गरिएको गाडीमा आगो लगाएका थिए । त्यसपछि भिडले घरतर्फ समेत आगजनी गर्ने प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र त्यसपछिका आन्दोलनमा प्रहरीले गरेको दमनका कारण जेनजी पुस्ता सडकमा उत्रिएको हो । सोमबारको घटनामा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
प्रतिक्रिया