देशभर सुरक्षा शून्यता, नेपाली सेना गम्भीर छलफलमा

मंगलबार, २४ भदौ २०८२

काठमाडौँ : जेनजी प्रदर्शनमा भएको दमनको प्रतिक्रियास्वरूप मंगलबार देशभर आगजनी र तोडफोडका घटना बढ्दै गएपछि सुरक्षा अवस्था थप जटिल बनेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यवस्थापन असफल देखिएपछि देशभर सुरक्षा शून्यता उत्पन्न भएको आकलन गरिँदैछ ।

यसैबीच नेपाली सेनाले पनि पछिल्ला घटनाबारे गम्भीर चासो व्यक्त गरेको छ । नेपाली सेना गम्भीर छलफलमा रहेको जानकारी दिँदै सैनिक प्रवक्ता सहाय रथी राजाराम बस्नेतले परिस्थितिबारे उच्च तहमा निरन्तर छलफल भइरहेको  जनाएका छन् । 

राजधानीदेखि जिल्लासम्म आन्दोलन उग्र बनेका कारण विभिन्न स्थानमा सरकारी कार्यालय, प्रहरी चौकी, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड भइरहेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार