इलाम / नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र आङ्बो मौसमले सापेक्षित सर्वस्वीकार्य व्यक्तिलाई अब राष्ट्रपति बनाउनु पर्ने बताएका छन् ।
उनले राष्ट्र प्रमुख (राष्ट्रपति) कुनै अमुक व्यक्ति वा पार्टी विशेषको मात्र सरोकारको सवाल होइन,आम चासो र बहसको विषयसमेत भएको बताए। उनले राष्ट्रपति बन्न योग्य गुणका बारेमा समेत सामाजिक सञ्जालमा लेखेका छन्।
‘संविधान र संघीय गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्न सक्ने, संक्रमणकालीन न्याय र शान्ति प्रकृयाको बाँकी काम टुंग्याउन प्रतिबद्ध र संवैधानिक सीमाभित्र बसि वर्तमान संसदलाइ पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउने’ उनले भने।
आङ्बोले नेकपा एमालेका अध्यक्ष केपी ओली राष्ट्रपति बन्न चाहे राष्ट्रिय सहमति गर्न सकिने बताए।
प्रतिक्रिया