झापा / बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ ।
जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च ब्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।
यो सँगै विद्यार्थीलाई विद्यालय पोसाक सहित आवश्यक पर्ने स्टेसनरत सामग्री, जुत्ता मोजा समेत प्रदान गरेको छ ।
विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल, डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कुल ब्याग समेत प्रदान गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईले जेसीजलाई धन्यवाद व्यक्त गरे ।
जेसीजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको जनाइएको छ ।
बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले गाउँपालिका भित्र रहेका एक/एक वटा सामुदायिक विद्यालयबाट एक /एक जना विद्यार्थीलाई छनोट गर्दै बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको जानकारी दिए ।
विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बाह्रदशी जेसीजले गत बर्षबाट यो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रतिक्रिया