झापामा एक युवाद्धारा आत्मदाह प्रयास

मंगलबार, ०९ फागुन २०७९
झापा / झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार