इटहरी । सुनसरीको इटहरीमा रहेको एक विद्यालयका पूर्व प्रधानाध्यापकको स्मृतिमा विद्यालयमा बृहत् स्वास्थ्य परीक्षणको आयोजना गरिएको छ ।
इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एव अक्षयकोषदाता लोकेन्द्रप्रसाद अधिकारीको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि बाल रोग तथा दन्त सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुबेदीले बताए ।
जसअन्तर्गत ८२ जनाको स्वास्थ्य परीक्षण तथा १ सय ३१ जनाको दन्त परीक्षण गरिएको जनाइएको छ । स्वर्गीय अधिकारीका धर्मपत्नी दुर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाइमा स्वास्थ्य परीक्षण भएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया