छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन

आइतबार, ०९ असार २०८१
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिएका हुन् । ‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरुले उठाउनु भएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’अध्यक्ष दाहालले भने । त्यस्तै, अध्यक्ष दाहालले गत असार ४ गतेको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरुमा जवाफ दिन सरकारका नाममा निर्देशन दिएका छन् । आइतबारको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरुलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइको पनि सभालाई जानकारी गराए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार