गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

सोमबार, १० असार २०८१
काठमाडौँ ।  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई  कामु मुख्य सचिवको जिम्मा दिएको हो । त्यस्तै सरकारले निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो । गड्तौलाले अब अर्को मुख्य सचिव नियुक्त नभएसम्म कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार