इलाममा ११ सय शिक्षकले पार्टीको सदस्यता त्यागे

मंगलबार, ११ असार २०८१
इलाम / पछिल्लो समय शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका छन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार शिक्षकहरूले पार्टीको सदस्यता त्याग्न थालेका हुन् । इलामका एघार सय माथि शिक्षकले राजनीतिक दल त्यागेका छन् । शिक्षा विकास तथा समन्वय इकाई इलाममा लिखित निवेदन दिएर उनीहरूले अबदेखि आफू कुनै पनि दलमा आबद्ध नगरेको घोषणा समेत गरेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनअनुसार उनीहरूले आफू आबद्ध दल त्यागेको निवेदन दिएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । इलाममा दुई हजार दुई सय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुई सय ५२ कार्यरत छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार