सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

शनिबार, २२ असार २०८१
सुनसरी । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो । लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार