पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध, पहाडी जिल्लाको सम्पर्क टुट्यो

मंगलबार, २५ असार २०८१
विराटनगर । धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै साँगुरी गाउँपालिका फेदीमा खसेको पहिरोका कारण धरान धनकुटा सडक अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रातिदेखि धनकुटामा पानी परिरहेको छ । साँगुरी गढीकाको लेउती खोलाको पुलदेखि घण्टे भन्ने स्थानसम्म ठाउँ ठाउँमा सडकमा लेदोसहितको ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा धरान धनकुटा सडकमा सवारीका साधन चल्न सकेका छैनन् । घटनास्थलमा प्रहरी पुगे पनि लेदो खसिरहेकाले पहिरो पन्छाउन सकिएको छैन । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम जाने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् । कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार