पहिरोले घर बगाएपछि गोठमा बास 

शनिबार, ०५ साउन २०८१
इलाम / सूर्योदय नगरपालिका ५ समालबुङमा चार परिवारको घर बगाएपछि उनीहरू गोठमा बस्न बाध्य भएका छन् । पहिरोले सूर्योदय मेचिकिनार टोलका लाल बहादुर देवान, साख बहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको करिब ४५ रोपनी जग्गा पहिरोले बगाएको छ । पहिरो बढेर घरसम्म आएपछि गोठमा आश्रय लिन बाध्य भएको पीडित लाल बहादुर देवानले बताए । पहिरोले लालबहादुरको अलैँची र अम्लिसो बगान रहेको बिस रोपनी, साखबहादुरको चियावारी रहेको बिस रोपनी र बेल प्रसादको पाँच रोपनी जमिन बगाएको हो । गत असार २३ गते वाट लगातार तीन दिन पहिरो गएर चार परिवार विस्थापित भएको जानकारी सशस्त्र प्रहरी, वडा कार्यालय, नगर पालिकामा आफूले लगातार जानकारी गराएका थिए । सशस्त्र प्रहरीले अनुगमन गरेको पीडितलाई रेडक्रसले  एक थान कम्बल र प्लास्टिक वितरण गरे पनि अरू कसैले वास्ता नगरेको उनीहरूको दुखेसो छ । पीडितलाई तत्काल सुरक्षित स्थानमा पुर्नवास गराएर दीर्घकालीन योजनामा लाग्न स्थनीयले माग गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार