विराटनगर : विराटनगरमा एकजना मेनपावर व्यवसायी मृत भेटिएका हुन् । बिहीबार बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।
सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनले भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर बुधबार विराटनगर लिएर गएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए । बाँकी विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।
बिहीबार बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएको खुलेको हो । एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने जनाएका थिए । घटना रहस्यमय भएकाले आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया