मोरङमा वृद्धलाई नहरले बगायो, सय मिटर तल शव भेटियो

आइतबार, १३ साउन २०८१
विराटनगर । मोरङमा नहरले बगाएर एकजना वृद्धको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार चौधरीलाई नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले शनिबार दिउँसो ३ः३० बजेतिर बगाएको थियो । नहरले बगाएर बेपत्ता भएका वृद्धलाई घटनास्थलबाट सय मिटरजति तल मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नुहाउने क्रममा चौधरीलाई नहरले बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खोजतलास गर्ने क्रममा पूर्वतर्फ सय मिटरजति तल नहरको साइडमा शव फेला परेको बस्नेतले बताए । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीे घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार