इलामको माई खोलामा पुरुषको शव फेला

बुधबार, १६ साउन २०८१
इलाम : इलामको माई खोलामा शव फेला परेको छ । इलाम नगरपालिका २ र माईजोगमाई गाउँपालिका ६ को बिचमा पर्ने माई खोलामा शव फेला परेको हो । जाल हाल्ने क्रममा एक व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, जमुना प्रहरी चौकी, बन्दुके प्रहरी चौकी देउराली साथै सशस्त्र प्रहरीको टोली शव फेला परेको स्थानमा पुगेर शव बाहिर निकालिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । 'खोलामा अड्किएको अवस्थामा शव फेला परेको थियो , निकालिएको शवलाई पोष्माटमका लागि इलाम अस्पताल ल्याउने तयारी भइरहेको छ' प्रमुख ढकालले भने । शव हेर्दा केही दिन पुरानो जस्तो देखिएको उनले  बताए । फेला परेको शव पुरुषको भएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार