मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन्।
उनले पुर्व स्वस्थ्य मन्त्री समेत रहेका नेकपा एमालेका भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याए।
स्वस्थ्य तथा शिक्षाका क्षेत्रमा सुधार गर्ने अभियानका साथ उमेद्धारी दिएका शर्माले एमालेका ढकाललाई २१ हजार ८६२ मतको फराकिलो अन्तरमा हराएका हुन् । यता राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी रेखा थापा तेस्रो बनेकी छन् । रेखाले १० हजार ७१० मत ल्याइन्।
यस अघिको निर्वाचनमा एमालेका उनै भानुभक्त ढकालसँग कांग्रेसका सुनिल कुमार शर्मा पराजित भएका थिए । २०७४ को निर्वाचनमा भानुभक्त ढकालले ४२ हजार ४१३ मत ल्याउदा सुनिल कुमार शर्माले ४० हजार ५०६ मत ल्याएका थिए । यसरी हेर्दा मेडिकल कलेज सञ्चालक समेत रहेका शर्माले ५ वर्षको अन्तरालमा ढकालसँग गतिलो बदला लिएका छन् ।
२०७४ मा पराजित भएपछि पनि शर्माले मोरङ क्षेत्र नं ३ मा नै रहेर विभिन्न उदाहरणिय कार्यहरु गर्दै आएका थिए भने शो क्षत्रको विकासका लागि कार्यसम्पादन गर्दै आएका छन् । शर्माले निर्वाचन अघि नै आफु निर्वाचित भएमा सरकारले दिने कुनै पनि सेवा सुविधा नलिने घोषणा नै गरेका थिए ।
कोरोनाको समयमा औषधी खरिदमा भ्रष्टचार गरेको आरोपका बावजुद ढकाललाई एमालेले उमेद्धार बनाएको थियो । शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रतिक्रिया