नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

बुधबार, १२ भदौ २०८१
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । नेपाली सेनामा ३७ वर्ष बिताइसकेका सिग्देलले विभिन्न पदमा रही स्वदेश तथा विदेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार