माधव नेपालका भाइको निधन

शनिबार, २० फागुन २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय शनिबार काठमाडौंको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौं तलाबाट खसेपछि गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि अन्नपूर्ण अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उपाध्यायको निधन भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उपाध्याय समाजवादीका अध्यक्ष नेपालका भाइ हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार