अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेट्ने

शनिबार, ०५ असोज २०८१
काठमाडौं : अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो । दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार