काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन्।
यद्यपि, सभापति लामिछाने भने पार्टी कार्यालयमै रहेको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।
आइतबार गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए ।
त्यससँगै छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको हो । यससँगै लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्ने संकेत गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया