इलाम : सूर्योदय नगरपालिका स्वास्थ्य जिल्लाका अन्य पालिकाका तुलनामा अगाडी देखिएको छ । क्षेत्रका कार्य सम्पादन आधारमा जिल्लाकै उत्कृष्ट पालिका घोषित भएको हो ।
स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०/ ०८१ मा सूर्योदयलाई जिल्लाका १० पालिकामध्ये पहिलो भएको घोषणा गरेर सम्मान गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय इलामले गरेको एक कार्यक्रममा सो नगरपालिकालाई सूचकका आधारमा सूर्योदय पहिलो भएको घोषणा सहित सम्मान गरिएको हो ।
जसमा पूर्ण खोप, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा, रोग नियन्त्रण कार्यक्रम, जनशक्ति व्यवस्थापन, औषधि तथा सामग्रीको उपलब्धतालगायत सूचक राखिएको थियो ।
मेयर रणबहादुर राईले नगरपालिका नागरिकका आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवालाई भरपर्दो, चुस्त र सुविधायुक्त बनाउन नगरले पहल गरिरहेको बताए ।
प्रतिक्रिया