काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते तय भएको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।
संविधानको धारा २७१ बमोजिम आयोगलेउपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना जारी गरेको हो ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहीबारदेखि दर्ताका लागि भनेको हो ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरूपसहितका आवश्यक कागजात पेस गर्नुपर्ने उल्लेख छ ।
असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया