इटहरीमा 'केआइइसी–इजोरिया इटहरी संवाद' हुने

सोमबार, २२ फागुन २०७९
इटहरी । इटहरीमा ‘केआइइसी–इजोरिया इटहरी संवाद’'हुने भएको छ । कलेजमा अध्ययनगर्ने विद्यार्थीलाई पठनशैलीको विकास गर्न इजोरिया “उपन्यास” लेखक सुबिन भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो । इटहरी जुनियर जेसिजको आयोजनामा हुन लागेको कार्यक्रम इटहरीका पाँचवटा कलेज र केआइइसी कन्सल्टन्सीको हलमा हुनेछ । इटहरी जुनियर जेसीजकी अध्यक्ष स्मति न्यौपानेले विद्यार्थीलाई लेखकसँग संवाद गराएर पठनशैली तथा लेखनशैलाई अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताइन् । ‘धेरै विद्यार्थीले प्रविधिको प्रयोग गरिरहँदा किताब पढ्ने बानी कम हुँदै गएको छ’ न्यौपानेले भनिन् “किताब पढ्नुको अर्थ र विशेषताबारे लेखकसँग अन्तरसंवाद गर्न पाउँदा विद्यार्थीले धेरै कुराहरु बुझ्नु हुनेछ ।” कार्यक्रम फागुन २८ गते बिहान ८ः३० देखि १०ः३० सम्म कस्तुरी कलेज, सोही दिन ११ः३० देखि १ः३० सम्म कोशी कलेज र दिउँसो २ः३० देखि ४ः३० सम्म विश्व आदर्श कलेजमा सञ्चालन हुनेछ । २९ गते बिहान ६ः३० देखि ८ः३० सम्म सुष्माकलेज, ९ बजे देखि ११ बजे सम्मनमुनाकलेज र दिउँसो १ बजे देखि २ बजेसम्म के आइइसी कन्सल्टेन्सीमा कार्यक्रम हुनेछ । कार्यक्रममा विद्यार्थीले इजोरिया पुस्तक लेखक भट्छराईसँग अन्तरसंवाद गर्न पाउनेछन् । उक्त संवादलाई अझ रोचक र तथा सान्दर्भिक बनाउन पत्रकारद्वय मिलन बुढाथोकी र विराट अनुपम आउनेछन् । लेखक भट्टराईका इजोरिया उपन्यासअघि प्रिय सुफी, मनसुन, साया, समर लभ लगायत कृति सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार