उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ बेपत्ता

शनिबार, १२ असोज २०८१
काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र  भक्तपुरमा गरेर २३ जनाको  मृत्यु भएको हो । घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र  सशस्त्रको टोली उद्दारमा खटिएको  छ । साथै  काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको  छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार