बाढी पहिरोमा मृत्यु हुनेको संख्या १०२ पुग्यो, ६४ जना बेपत्ता

आइतबार, १३ असोज २०८१
काठमाडौं । बाढी पहिरो र डुबानमा परेर देशभर १ सय २ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार आज बिहानसम्म ६४ जना बेपत्ता छन्। विपद्मा परी ४५ घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार