सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

आइतबार, १३ असोज २०८१
काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार