सप्तकोसीमा सवारीसाधन आवतजावत खुला

आइतबार, १३ असोज २०८१
इटहरी : सप्तकोसीमा सवारीसाधन आवतजावत खुला भएको छ । करिब २५ घण्टापछि सप्तकोसीको पुलमा आवतजावत खुला भएको हो । क्रमैसँग पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको सुनसरी प्रशासनले जनाएको छ । शनिबार ४ बजेदेखि पैदल यात्रुसहित सवारीसाधनलाई आवतजावत गर्न रोक लगाएको थियो । आज (आइतबार) साँझ करिब ६ बजेदेखि सप्तकोसीमा आवतजावत खुला गरिएको हो । खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिल्लो समय पानीको बहाव घटेको छ । आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा दिउँसो २ बजेपछि ३ लाख ५० हजार क्युसेक मापन भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार